काठमाडौं, २०८३ वैशाख ६ गते । बागबजारको युनिटी फुड एन्ड क्याफेमा ‘Kavita & the Cup’ को तेस्रो शृङ्खला सम्पन्न भयो ।
यस शृङ्खलामा कविता वाचन, टिप्पणी र विमर्शको अनौपचारिक आयोजना कवि तथा आख्यानकार अविनाश श्रेष्ठको उपस्थितिमा भयो। श्रेष्ठले ‘भोलिको गीत’ पर्या कविता ‘सतरूपा’ जस्ता दुई कविता वाचन गर्दै कवितालाई “सस्तो र सजिलो बुझ्नु हुँदैन । पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो ।अहिले झन् लेख्न सकिन्छ । मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो । संसार मान्छेको मात्रै होइन, सबै प्राणीको हो। कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ । कवितामा जादुमय शक्ति हुन्छ” भन्ने धारणा राख्नुभयो ।
‘Kavita & the Cup’का सूत्राधार युवाकवि केशव सिलवालले यसको उद्देश्य बारे प्रष्ट पार्दै “दशकौँ पुरानो पुल” शीर्षकको कविता वाचन गर्नुभयो । यस्तै प्राज्ञ चेतनाथ धमलाले ‘भ्रम’ र एक टुक्रा गरी दुईवटा लघुकविता र कृष्णकिसु न्यौपानेले “सहरको रङ्ग र सडककोआँसु” कविता वाचन गर्नुभयो ।
यसैगरी कविहरू मिथोच, रीमा केसी, सीता तुम्खेवा, प्रकाश गुँरागाई, युग सर्वनाम, सञ्जित फलाना, रजनी मिला लगायतले कविता वाचन गर्नुभयो । कवि चन्द्रवीर तुम्बापोले कविता र कवित्व बारे प्रकाश पार्नुभयो । साथै कवि मोक्तान थेबाले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: