काठमाडौं, २०८३ वैशाख २६ गते । नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक शृङ्खला तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभ कामना आदानप्रदान विशेष कवि गोष्ठीकोरूपमा २९१ औँ भागको समापन भएको छ । यस अवसरमा नगद रु १०,०००/०० सहित अभिनव पारिजान स्मृति पुरस्कार तथा सम्मान बाल साहित्यकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकलाई अर्पण गरिएको छ ।
प्रमुख अतिथि माननीय विष्णुदेवी पुडासैनीले सम्मान अर्पण गर्दै साहित्यको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष विमल अर्यालको सभापतित्व, उद्घोषण मेनका पोखरेल, स्वागत मन्तव्य बी.पी. इलामे, सम्मानपत्र वाचन घनश्याम प्रसाई, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले वाचित कविताको सामान्य टिप्पणी र सम्मानित व्यक्तित्वको विषयमा बोल्नुभएको थियो । सुमन पुडासैनी र नवराज पुडासैनले व्यवस्थापनको जिम्मा लिनुभएको थियो ।
यस्तै वाचित कविताहरूमध्ये सङ्गिता घिमिरे, भावना बराल, पुनम घिमिरे र गीता अर्याललाई उत्कृष्ट कविता प्रस्तुत गरेकोमा प्रेरणाप्रद पुरस्कार अर्पण गरिएको थियो । विशेष अतिथिहरूमा रामबहादुर पहारी जसले एक कविता वाचन गर्नुभएको थियो । यस्तै गङ्गा कर्माचार्य पौडेल, मञ्जुश्री प्रधान केसी. रानु, जसले जन्म महिनाको अवसर पारेर अध्यक्षलाई उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी ओमप्रसाद कोइराला, कविराज घिमिरे, राजेशमान के.सी., दिवाकर नेउपाने, डा.पुरुषोत्तम श्रेष्ठ, मात्रिका घिमिरे, सरिता दुलाल घिमिरे, भवानी सापकोटा, अमर कीर्तिमानी, प्रमोद नेपाल, सुशील आचार्य, ठाकुर खतिवडा, बद्रीप्रसाद सुवेदी, बुद्धिसागर पौडेल, आलोक चालिसे, बाजुराम पौडेल, पुष्पा दाहाल, ब्रह्मप्रिय, शर्मिला तिमल्सिना, गोपाल बराल, शान्ति रिसाल, जेकेएन् खडेरी, प्रदीपरत्न शाक्य, राजनप्रसाद नेउपाने आदि कविता वाचनमा सहभागी हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: