२०८३ असोज १७ गते शनिबार। अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १६२ औँ नियमित प्रविधिमैत्री चाडपर्व विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित तथा समीक्षक पुरुषोत्तम सिग्देल विशिष्ठ अतिथि डा. बमबहादुर थापा जिताली, कलानिधि दाहालको गरिमामय उपस्थितिमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, लोकछन्द, स्वच्छन्द, गजल, उदक,चारु, देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरू निम्न अनुसार रहेका थिए ।
१) भुवनहरि सिग्देल – सवाई – मलाई पऱ्यो गाह्रो ।
२) पुरुषोत्तम सिग्देल – चारु – इमान ।
३) कलानिधि दाहाल – अनुष्टुप् – दशा दशैँ गरीबको ।
४) बमबहादुर थापा जिताली – अनुष्टुप् – विपत्तिमा मिली जुटौँ ।
५) हरि खनाल – अनुष्टुप् – म ठूलो कवि हुँ ।
६) नरनाथ लुइँटेल – सवाई – देश दुख्यो ।
७) दुर्गा अधिकारी – सुसेली – चाडवाड ।
८) जितु खड्का – शुभकामना ।
९) वासु ठकुरी – अनुष्टुप् – लेखक ।
१०) जगदीश्वर पोखरेल – समानिका – दशैँ ।
११) विनुबाबा घिमिरे – स्रग्विणी – भाउजू ।
१२) उत्तम भेतुवाल – अनुष्टुप् – सोचिन्त्य ।
१३) चन्द्र न्यौपाने – सुसेली – सवाई – दशैँ ढपक्कै ।
१४) सुधा बाँस्कोटा – भुजङ्गप्रयात – गजल ।
१५) टेकबहादुर लौडारी – चारु – आयो दशैँ त भन्छन् ।
१६) द्वारिका कुँइकेल – सुसेली – दशैँ तिहार ।
१७) आर्त अकुलीन – उदक- सुसेली – चारु – शृङ्गारिक ।
१८) पवनकुमारबुढाथोकी – चारु- शृङ्गारिक ।
१९) वीरबहादुर लोहनी – सवाई – दशैँ ।
प्रमुख आमन्त्रित एवं समीक्षक पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको बताउँदै भाषाको उन्नयनमा योगदान पुऱ्याइरहेको छ भन्नुभयो । वाचित कविताहरूको समीक्षा पनि गर्नु भएको थियो ।
उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको प्रगति र सर्जकको स्नेहले अनुपम जीवन्त भएको छ भन्दै सर्जकलाई स्वागत गर्नु भएको थियो ।
गोष्ठीका अध्यक्ष भुवनहरि सिग्देल संस्थको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: