२०८३ असोज ८ गते बिहीबार। कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६२ औँ प्रविधिमैत्री १०८ औँ राष्ट्रकवि माधव घिमिरे जयन्ती विशेष कविगोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा.डा. जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा कविगोष्ठी सम्पन्न भएको थियो ।
लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाले आयोजना गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, मुक्तक, चारु, लोकछन्दका कविताहरू प्रस्तुत गरिएका थिए । साथै राष्ट्रकवि माधव घिमिरेका सिर्जनाहरू पनि वाचन गरिएको थियो । रचना देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्धका थिए ।
गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरू निम्न अनुसार रहनुभएको थियो ।
१) जीवन अधिकारी – असारे झ्याउरे – मेरो द्यौता ।
२) बमबहादुर थापा जिताली – मन्दाक्रान्ता – धन्य तिम्रो हियारा ।
३) कलानिधि दाहाल – अनुष्टुप् – श्रद्धा सुमनका मुना ।
४) देवी पन्थी – लोक छन्द – मान्छेको भीड ।
५) पुरुषोत्तम सिग्देल – स्रग्विणी – माधव ।
६) गङ्गा लिगल – स्वच्छन्द – आकाङ्क्षा ।
७) गणेश आत्रेय – मात्रिकछन्द ललित – पर जा ।
८) दुर्गाप्रसाद सिग्देल – मात्रिकछन्द द्विपदी – वयको मेला ।
९) जगदीश्वर पोखरेल – स्रग्विणी – राष्ट्रका सर्जक ।
१०) कृष्णप्रसाद मिश्र – सुधाकलश –प्रियवर जिन्दगी ।
११) चूडा निर्भीक – मञ्जुला – समाज ।
१२) पवनकुमार बुढाथोकी – मुक्तक ।
१३) ललिता खरेल – स्वच्छन्द – ए बूढी ।
१४) हरिखनाल – शुभकामना ।
१५) घनश्याम पौडेल – स्रग्विणी – राष्ट्रकविप्रति ।
१६) खुसीराम डौलिया – स्वच्छन्द – झझल्को ।
१७) वीरबहादुर लोहनी – सवाई – जन्मदाता मातापिता ।
१८) जानुका थापा – असारे झ्याउरे – सम्झनामा राष्ट्रकवि ।
१९) लक्ष्मीप्रसाद मिश्र – सुसेली – राष्ट्रकविलाई सम्झिदा ।
२०) सुधा बाँस्कोटा ढकाल – ललना – वर्षा ।
२१) बिनुबाबा घिमिरे – दिक्पाल – आगो निभ्यो चुह्लोमा ।
२२) भोजराज न्यौपाने – अनुष्टुप् – ज्येष्ठ नागरिकको पीडा ।
२३) नवराज पौडेल – स्वच्छन्द – अनाम पीडा ।
२४) सुरेशचन्द्र घिमिरे – असारे झ्याउरे – राष्ट्रकविको सम्झना ।
२५) रामकृष्ण अधिकारी – शुभकामना र राष्ट्रकविको सिर्जना ।
२६) युवराज घिमिरे – शुभकामना ।
२७) चन्द्रावती अधिकारी – शार्दूलविक्रीडित – पुस्तुन ।
२८) युवराज कोइराला – शुभकामना ।
२९) धनराज डौलिया – शुभकामना ।
३०) डि. बी. कार्की – शुभकामना ।
३१) कल्पना भट्टराईं – शार्दूलविक्रीडित – श्रद्धाञ्जलि वन्दना।
प्रमुख अमन्त्रित अधिकारीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । राष्ट्रकविले साहित्यमा गरेको योगदानको चर्चा गर्नुभयो । ऋतम्भरा महाकाव्यबाट केही पद्य वाचन गर्नुभयो । वाचित कविताको संक्षिप्त समीक्षा गर्नुभएको थियो । अभ्यासले सिर्जना खारिदै जान्छन् भन्नुभयो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्ठाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाइदिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: