२०८३ कात्तिक १५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा ‘पद्मावती-सुनन्दा साङ्गीतिक साँझ’ कार्यक्रमको आयोजना गर्यो ।
वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश तथा स्वागत मन्तव्य अध्यक्ष लेकालीले राख्नुभएको थियो । उहाँले दुवै गायिका पद्मावती सिंह र सुनन्दा माथेमाको योदानको चर्चा पनि गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ आख्यानकार, गीतकार एवं गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका म्युजिक भिडियोहरू प्रस्तुत गरिएको थियो । गायिका सिंहका म्युजिक भिडियोहरू क्रमशः ‘म मौन रहिरहें, चूपचाप निस्तब्ध रात, रंगिन साँझको याम र कल्पन्छ संधै’ प्रस्तुत गरिएको थियो ।
यसैगरी गायिका सिंहले ‘साँझको याम थियो र धेरै दिन पछि’ प्रत्यक्ष गाउनु भएको थियो ।
यसैगरी माथेमाका म्युजिक भिडियोहरू क्रमशः ‘यो मनको फूल फुलेन, तिमी बाहेक यो मनले कोही खोज्दैन, मेरो बिहान फुल्यो तिम्रो हेराईमा र बाँला मयजु (नेपाल भाषाको ) प्रस्तुत गरिएको थियो ।
यसैगरी गायिका सिंहले ‘साउने झरी र समा यायेत (नेवारी) प्रत्यक्ष गाउनु भएको थियो ।
दुवै गायिकाको सुमधुर प्रस्तुतिले साङ्गीतिक साँझलाई सुमधुर, उल्लासमय र अविस्मरणीय बनाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले यादव खरेलले नेपाली गीत सङ्गीतको चर्चा गर्दै दुवै गायिकामा वंश प्रभाव परेको बताउनु भयो । दुवैका हजुरबुबा र पिता पनि सङ्गीतमा योगदान गर्नुभएको र अहिले छोरी र नातिनीले पनि सङ्गीतलाई अँगालेको बताउनुभयो । उहाँले प्रस्तुत म्युजिक भिडियो र गीतआफूलाई मन परेको बताउनुभयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु विशिष्ट संगीतकार, गायक, कलाकार एवं पूर्व उपकुलपति सङ्गीत रत्न शम्भूजित बास्कोटा र वरिष्ठ साहित्यकार उषा शेरचनले शुभकामना मन्तव्य राख्दै प्रस्तुत म्युजिक भिडियोहरू र गीतहरू उत्कृष्ट र आकर्षक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा संघद्वारा गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमालाई माला र कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि यादव खरेल, विशिष्ट अतिथिहरू उषा शेरचन, शम्भूजीत बास्कोटा, प्राज्ञ उन्नती बोहरा शीला, जलेश्वरी श्रेष्ठ, सरला श्रेष्ठ र सङ्गीतकारहरू राजु सिंह, मनराजा नकर्मी, हरि सायमि, कलाकारहरू हरिश कल्पित र अनु श्रेष्ठ, भिडियो निर्माता कृष्णदेव रुपाखेती तथा साहित्यकार मन्जिला अनिल तथा दक्षता भण्डारी र दिव्यता भण्डारीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार र सङ्गीतकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, प्राडा. ज्ञानु पाण्डे, प्राडा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरू भागीरथी श्रेष्ठ, शीला पन्त, मथुरा श्रेष्ठ, सावित्री श्रेष्ठ, विजयध्वज थापा, गीता कार्की, लक्ष्मी उप्रेती, रमेश दहाल, शान्ति रिसाल, कमला रिसाल, वीणा सिंह, इन्दिरा ढकाल, निरा श्रेष्ठ, एन्जेल निलु, डिसु माथेमालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण साहित्यकार मन्जिला अनिलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: