
काठमाडौं, असोज ११ गते शुक्रबार । डा. रेणुका थापा सोलुको संस्मरण कृति ‘तुइन ज़िन्दगी’ को परिचर्चा एवम् सार्वजनिकीकरण गरिएको छ । पुल्चोक ललितपुरको इन्जीनियरिङ कलेजको पुस्तकालयको सभाकक्षमा उक्त कृतिको परिचर्चा भएको थियो ।
कार्यक्रममा माननीय गगनकुमार थापा, प्रा.डा.साबित्री मल्ल कक्षपती, वरिष्ठ कथाकार माया ठकुरी, समाजसेवी आङ्गेलु शेर्पा, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पालगायतले शुभकामना मन्तव्य राख्दै पुस्तकका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
पुस्तक परिचर्चामा आफ्ना विचार राख्दै डा.दामोदर पुडासैनी किशोरले ‘कृतिमा समाज ः हिजो र आज’,ज्ञानु डा.अधिकारीले ‘कृतिमा मानवीय संवेदनाका आयामहरू’ र डा.गीता त्रिपाठीले ‘कृतिमा नारीवाद र नारी चेतना’ का विषयमा प्रकाश पार्नुभएको थियो ।
साहित्यकार भैरवी भूगोलले सञ्चालन एवम् सहजीकरण गर्नुभएको ‘तुइन ज़िन्दगी’ को सार्वजनिकीकरण उक्त कार्यक्रममा निलुफर बञ्जाराले पाठकीय प्रतिकृया राख्नुभएको थियो भने लेखिका डा.रेणुका सोलुले पुस्तक लेखनका विविध अवस्थामाथि प्रकाश पार्दै धन्यवादसहित सभा समापन गर्नुभएको थियो ।
कार्यक्रममा अशेष मल्ल, राजेन्द्र के.सी., बलबहादुर थापा, सन्ध्या पहाड़ी, उमेश पाण्डे, तारा के.सी., रन्जु दाहाल,
गीता खत्री, प्रभा बराल, क्रान्ति पराजुली, प्रोल्लास सिन्धुलीय, डा.यादेवी ढकाल, हेमन्ती जोशी, केशव पराजुली, . रीता खत्री, बलराम दहाल, मन्जिला अनिल, शान्ति शर्मा लगायत दर्जनौँ साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: