साहित्य
कुरा बुझेर काम गर्दा चुक्नुपर्ने छैन
गल्ती नगरे ठाडो शिरले झुक्नुपर्ने छैन ।
उदाहरणीय बन्नलाई राम्रो केही गरौँ
असल आचरण हुनेले लुक्नुपर्ने छैन ।
फैलिन्छ फूलको सुवास मन्द हावामा
बास्ना छर्न जोड लगाइ फुक्नुपर्ने छैन ।
हरियाली हुन्छ जीवन रमाउन जाने
नदी जस्तो जिन्दगीले सुक्नुपर्ने छैन।
जानीजानी कसैको पनि कुभलो नगर्दा
सम्मान मिल्छ, कसैले नि थुक्नुपर्ने छैन ।
काँडाघारी, काठमाडौँ
प्रतिक्रिया दिनुहोस्: