थापाको लघुकथा सङ्ग्रह ‘सपनाको पहाड’ विमोचन

१ माघ २०८१

काठमाडौ, पौष २७ गते शनिबार। सिर्जना अभियान समाज भक्तपुरको व्यानरमा ध्रुवराज थापा ‘पुरुष’ द्वारा लिखित लघुकथा सङ्ग्रह ‘सपनाको पहाड’ को विमोचन कार्यक्रम भव्यताका साथ सम्पपन्न भयो । समाजका सचिव ध्रुव मधिकर्मीको सभापतित्व र डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीर कुमार श्रेष्ठ र समालोचक दीपक लोहनीले कृतिका गुण, दोस केलाउँनु भएको थियो ।

हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसी, पूर्वमन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल र ई. डा. दीपक विक्रम थापा क्षेत्रीले कृतिबारे शुभकामना राख्नुभएको थियो । कार्यक्रम वन्दना घिमिरेले संचालन गरेकी थिइन् भने इन्दिरा चापागाईले स्वागत मनतव्य राखेकी थिइन् ।

प्रार्थाना खनाल, रमेश सुवेदी, मन्दिरा चापागाईं र शान्ता तिम्सिनाले कृतिबाट १/ १ लघुकथा वाचन गरेका थिए । जन्मोत्सव समेत रहेका कृतिकारलाई सृजना अभियान समाजले बधाई पत्र प्रदान गरेको थियो भने हाम्रो लघुकथा केन्द्रका तर्फबाट जन्मदिवसलाई अझ भव्य बनाइएको थियो । कार्यक्रममा कृतिककारका तर्फबाट मायाँको चीनो प्रदान गरिएको थियो ।

सभाध्यक्ष मधिकर्मीबाट धन्यवाद ज्ञापन गरी औपचारिक कार्यक्रम समापन गरिएको थियो। कृतिकार ध्रुवराज थापा ‘पुरूष’ हाम्रो लघुकथा केन्द्र बागमती प्रदेशका उपाध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: