– जो आफू गर्दैन उसले अरूले जति गरेपनि देख्दैन ।
– विना परिश्रम खानेहरूले नै मर्निङ वाकमा दौडनुपर्छ ।
– साथमा हुँदा नबुझेको महत्त्व साथ छुटेपछि बुझिन्छ ।
– तारा चम्कन रात पर्नुपर्छ, मान्छे चम्कन आघात पर्नुपर्छ ।
– पिठो भुटे पुवा साथी, दूध घोटे खुवा तर दुवै अति उपयोगी ।
– नियम लगाउन कसैको अर्डर हुनुपर्छ भने विद्यार्थीले पढ्न पनि कसैको डर वा रहर हुनुपर्छ ।
– हिमाललाई खियाउन सकिएला तर झुकाउन सकिँदैन भन्ने बुझ्नु राम्रो ।
– न हिउँ पर्न रोकिन्छ न नदिको बाटो छेकिन्छ ।
– वकिललाई फाइल र मान्छेलाई मोबाइको लत बसेको जमाना हो यो ।
– झोलाभरी विद्यार्थीको बानी व्यवहार, पढाइ, लेखाइ, गृहकार्य, अनुशासन, परीक्षा, ग्रेड जस्ता दायित्वको भारी बोक्नुपर्ने भएर नै शतप्रतिशत शिक्षक झोले नै हो ठिक भन्नुभयो महोदय !
– अरुको कामलाई खोट लाउनु अघि आफ्नो हातमा ठेला छन् कि छैनन् भनी छाम्नुहोस् ।
– देश छोड्नु तर भुलेर पनि विदेशमा प्राण नछोड्नु ।
बनेपा, काभ्रे।
प्रतिक्रिया दिनुहोस्: