संसाकको पारामाउण्ट विशेष अङ्क लोकार्पण

८ असार २०८३

काठमाडौं, असार ८ गते सोमबार । संसाक मासिकको विद्यार्थीसँग साहित्यकार : विमर्श र साक्षात्कार भन्ने पारामाउण्ट एकेडेमी, टोखा–८, गोँगबुँ, काठमाडौं विशेष अङ्क एक कार्यक्रमका बीच स्कुल प्राङ्गणमा लोकार्पण गरिएको छ । प्याब्सन काठमाडौंका पूर्व अध्यक्ष, साहित्यकार तथा इडन ब्रिज एकेडेमीका संस्थापक प्रिन्सिपल आदरणीय प्रेम राई परीक्षितको प्रमुख आतिथ्य र पारामाउण्ट एकेडेमीका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे र साहित्यकार देवराज सिम्खडाको लोकार्पण कार्यक्रममा विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा शिक्षिका रेविका महर्जन, सविना फुयाँल र रीता देवकोटा, शिक्षक मधु थापा र सन्तोष खड्का अतिथिको रूपमा रहनुभएको थियो । त्यस्तै विद्यार्थीहरू रीतिका घिमिरे (कक्षा : ७), दृष्टि भण्डारी (कक्षा : ८), प्रकृति रिजाल (कक्षा : ९), विमर्श धिताल (कक्षा : १०), उज्ज्वल कुँवर (कक्षा : ८), आवृत्ति धमला (कक्षा : ९), शुभेच्छा अधिकारी (कक्षा : ८), छेजुवाङ तामाङ (कक्षा : १०), स्मारिका कार्की (कक्षा : ९), अङ्कित बिष्ट (कक्षा : १०), रिसभ बस्नेत (कक्षा : ८), समीक्षा छिमाल (कक्षा : १०), सनिश मोक्तान (कक्षा : ८), सगुन खड्का (कक्षा : १०), प्रकृति रिजाल (कक्षा : ९), दृष्टि भण्डारी (कक्षा : ८), शुभेच्छा अधिकारी ( कक्षा : ८), रिसब बस्नेत (कक्षा : ८) र जेनिफर तामाङ ( कक्षा : ८) आदि पनि लोकार्पण कार्यक्रममा सहभागी भएका थिए । त्यसैगरी आलिया घले (कक्षा : ७), प्रयुष्मा भट्टराई (कक्षा : ५), सृष्टि पुलामी मगर (कक्षा : ७), ग्रीष्मा के.सी. (कक्षा : ७), टिना गुरुङ (कक्षा : ५), सम्राट बम (कक्षा : ६), सदीक्षा छिमाल (कक्षा : ७), तृष्णा मरठ्ठा (कक्षा : ६), पल्सा गुरुङ (कक्षा : ४) र वर्षा पौडेल (कक्षा : ४) ले पनि पुस्तक लोकार्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेम राईले संसाकले स्कुल स्कुलमा गएर विद्यार्थीलाई साहित्यकारहरूसँग साक्षात्कार गराउने यो प्रशंसनीय कार्यमा पारामाउण्ट एकेडेमीको सहयोग र सहकार्य अति नै उत्कृष्ट र तारिफ योग्य छ, भन्नुहुँदै अहिलेको डिजिटल प्रविधिको कारणले विद्यार्थीहरूको मौलिकता हराउँदै गएको समयमा ससाना विद्यार्थी भाइबहिनीहरूलाई साहित्यकारहरूसँग कुराकानी गराउने, अग्रजका कुरा सुन्ने र सुनाउने, उनीहरूलाई मौलिक सिर्जना गराउन लगाई विशिष्ट लेखक, कविहरूका सामु वाचन गराउन लगाउने काम अति नै प्रशंसनीय छ, भन्नुभयो । राईले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनसके कलिला बाबुनानीहरूका सिर्जनात्मक प्रतिभालाई अझ प्रस्फुटित गराउन बल पुग्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयले साहित्य र सर्जकहरूलाई सधैं सहयोग र सम्मान गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि ससाना विद्यार्थी भाइबहिनीहरूका बालप्रतिभालाई प्रस्फुटन गराउने यस्ता ऊर्जाशील कार्यक्रमहरूलाई विद्यालयले निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमको व्यवस्थापन, सञ्चालन र सहजीकरण संसाकका सम्पादक उमेश पाण्डे, शिक्षिकाहरू रेविका महर्जन र सविना फुयाँलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: