साहित्य
शुभकामना !
संसाक मासिक आफ्नो प्रकाशन यात्राको १४ औँ वर्षमा प्रवेश गर्न लागेको यस सुखद अवसरमा यसका सम्पादक/प्रकाशकलगायत सम्बद्ध सम्पूर्ण टिमलार्ई म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
संसाक मासिकले नेपाली भाषा, साहित्यमा विधागत रचनाहरूका अतिरिक्त संस्कृति, साहित्य र कलासँग सम्बन्धित सूचना, समाचार, अन्तर्वार्ता, अनुभूति र विविध गतिविधिहरूलाई निरन्तर प्रकाशन गर्दै आइरहेको छ । प्रकाशनको २०८३ साउन अङ्क स्रष्टा सम्मान अङ्क विशेषको रूपमा प्रकाशन गर्न लागेकोमा यसको गुणस्तरीय एवं स्तरीयताको अपेक्षा गर्दै सदा प्रगतिको कामना गर्दछु ।
संसाक स्तरीय, परिमार्जित र सिर्जनशील बन्दै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुकुन्दप्रसाद पाण्डे
संस्थापक प्रिन्सिपल
पारामाउण्ट एकेडेमी
टोखा–८, गोँगबुँ, बानियाँटार, काठमाडौं
२०८३, असार २६ गते ।


प्रतिक्रिया दिनुहोस्: