शुभकामना !
संसाक मासिक विगत १३ वर्षदेखि निरन्तर साहित्य, संस्कृति र कलाको संवाहक बनेर १४ वर्षको सृजनात्मक यात्रामा प्रवेश गर्दै २०८३ साउनको १५८ औँ अङ्क स्रष्टा सम्मान विशेषाङ्कको रूपमा प्रकाशित हुन लागेको कुरा सुन्दा मलाई ज्यादै खुशी लागेको छ ।
संसाकले स्कुलका ससाना भाइबहिनीहरूदेखि प्रसिद्ध साहित्यकारहरूसमेत सबैलाई बिनाचाकडी, चाप्लुसी आफ्नो आँगन खुल्ला राख्दै आएकोे छ । त्यति मात्र होइन स्कुले विद्यार्थीहरूका लागि ‘विद्यार्थीसँग साहित्यकार : विमर्श र साक्षत्कार’ जस्तो एउटा नवीन कार्यक्रम पनि संसाकले प्रस्तुत गरिरहेको छ । विभिन्न स्कुलका छात्रछात्राहरूलाई साहित्यकारहरूसँग साक्षात् भेट गराएर उनीहरूसँग अन्तरङ्ग बहस, छलफल र कुराकानी गर्न प्रोत्साहन गर्नु पनि आफैमा एउटा अति सराहनीय कार्य हो । यस कार्यक्रमको साक्षी पटक पटक मेरो स्कुल पनि बसेको छ । यसको लागि पनि संसाकलाई धन्यवाद दिन्छु ।
‘संसाक’ मासिक पत्रिकाकाले साहित्य, संस्कृति र कलाको यो दीप निरन्तर जलाइरहनसकोस् र सृजनाका नयाँ नयाँ उत्सवहरू यस पत्रिकामा सदा फुलिरहून् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
संसाकको निरन्तर प्रगति र सिर्जनशीलताको लागि हार्दिक शुभकामना !
रविन्द्र डंगोल
प्रिन्सिपल
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, छहरे, नुवाकोट
२०८३, असार ३१ गते ।


प्रतिक्रिया दिनुहोस्: