कविता

मुकुन्द शर्मा चालिसेको शुभकामना !

२५ भाद्र २०८३
Mukunda Sharma Chalise
मुकुन्द शर्मा चालिसे

संसाकलाई शुभकामना !
मुकुन्द शर्मा चालिसे
बूढानीलकण्ठ–४
कैलासकुञ्ज, काठमाडौं

साहित्य संस्कृति कलासित जोडिएर
आनन्ददायक विचार सदा दिएर ।
पूरा गरी सफलतासित तेह्र वर्ष
संसाक उक्लन पुग्यो अब चौध वर्ष ॥

अभ्याससाथ प्रतिभा अझ चम्चमाओस्‌
व्युत्पत्तिबाट रचना क्रम सग्बगाओस् ।
ल्याएर यो मुलुकका प्रतिबिम्ब झाँकी
बढ्दै रहोस् अभय दूर भविष्य ताकी ॥

पन्छाउँदै विकृतिपूर्ण र तुच्छ बोली
राखी भनाइ सुखदायक शब्द घोली ।
ल्याएर भाव अति रम्य सदाबहार
भोग्दै रहोस् सकल पाठकको पियार ॥

भाषा लिई अमृत झैँ जुन नासिँदैन
होस् वर्तमान जहिल्यै जुन बिर्सिँदैन ।
ल्याओस् सुरम्य रचना पद छानिछानी
संसाक होस् मुलुकको युगको निशानी ॥

लेखाइ सत्य शिव सुन्दरले सजाई
शब्दैपिछे परमको अनुनाद पाई ।
भर्दै रही सतत सद्गुणको खजाना
संसाक भित्रिन पुगोस् सबको हियामा ॥
छन्द : वसन्ततिलका ।

प्रतिक्रिया दिनुहोस्: