शुभकामना !
जगदीश्वर पोखरेल
पाउँदीबजार, लमजुङ
हिमाल गिरिको माथ पाइला चुम्नपुग्दछ ।
भाषा साहित्यको सेवा संसाक गर्नसक्दछ ॥१।
नेपाली भावना बुझ्न संस्कार सिक्नुपर्दछ ।
कर्मवादी बने मात्र पसिना बिक्नसक्दछ ॥२।
अन्धकार हटाएर अगाडि बढ्नुपर्दछ ।
चेतनाको दियो बाल्ने संसाक कर्म गर्दछ ॥३।
मूल्याङ्कन सदा गर्छन् व्योममा घुम्दछन् शशि ।
दिनरात खटेको छ कला साहित्यको मसी ॥४।
राष्ट्रको गरिमा हो यो पत्रिका अनमोलको ।
समाचार सदाचार प्रचार गर्छ गाउँको ॥५।
स्रष्टाका कविता काव्य स्रष्टाकै जीवनी पनि ।
त्यसैले त बनेको छ संसाक दिव्य चाँदनी ॥६।
कला संस्कृतिको सेवा संवद्र्धन प्रवद्र्धन ।
संसाकले गरेको छ स्रष्टाको अभिनन्दन ॥७।
राष्ट्र दैनिक यो बन्छ फैलेर दिनका दिन ।
पर्व संस्कृति छन् हाम्रा विकास गर्छ रक्षण ॥८।
दस चार भयो वर्ष चन्द्रमा छुन सक्दछ ।
नथाकोस् मार्गमा हिँड्दा स्रष्टा छन् अभिभावक ॥९।
दिनका देवतालाई विनम्र अभिवन्दना ।
संसाक पत्रिकालाई अशेष शुभकामना ॥१०।
छन्द : अनुष्टुप् ।
सन्तोषीनगर, काठमाडौं ।
२०८३ असार २५ ।


प्रतिक्रिया दिनुहोस्: