२०८३ भदौ १८ गते बिहीवार । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६१ औँ प्रविधिमैत्री स्वतन्त्र विधा १६१ औँ मोती जयन्ती विशेष कविगोष्ठी भव्य किसिमले सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहाल, विशिष्ट अतिथि डा.देवी पन्थी समीक्षक पुरुषोत्तम सिग्देलको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्था संयोजन गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, सुसेली, मुक्तक, चारु, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । युवा कवि मोतीराम भट्टका सिर्जना वाचन गरे । रचना देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरू निम्न अनुसार रहनुभएको थियो ।
कलानिधि दाहाल, देवी पन्थी, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, गणेश आत्रेय, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, कृष्णप्रसाद मिश्र, चूडा निर्भीक, पवनकुमार बुढाथोकी, जनार्दन अधिकारी धड्कन, दुर्गाप्रसाद अधिकारी भँमरकोटे, टेकबहादुर लौडारी, खुसीराम डौलिया, वीरबहादुर लोहनी, हरिहरप्रदीप घिमिरे, लक्ष्मीप्रसाद मिश्र, चन्द्रा न्यौपाने, बिनुबाबा घिमिरे, सुरेशकुमार भट्ट, गोम विक्रम, सुरेशचन्द्र घिमिरे र
रामकृष्ण अधिकारी आदि ।
प्रमुख आमन्त्रित जितालीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । कर्मदालाई शुभकामना व्यक्तगर्नुभएको थियो । समीक्षक पुरुषोत्तम सिग्देलको कविताको समीक्षा गर्नुभयो । विशिष्ट अतिथि देवी पन्थीले कर्मदा सिर्जना मञ्च नेपालले साहित्यमा गरेको योगदानको चर्चा गर्नुभएको थियो । अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: