काठमाडौ, २०८३ कार्तिक १९ गते बिहीबार। कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६३ औँ प्रविधिमैत्री स्वतन्त्र विधा ११८ औँ लक्ष्मी जयन्ती विशेष कविगोष्ठी भव्य किसिमले सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि भुवनहरि सिग्देल, विशिष्ट अतिथि वरिष्ठ कवि, डा.बमबहादुर थापा जिताली, वरिष्ठ कवि गोविन्दप्रसाद घिमिरे वेदमणि, वरिष्ठ कवि कलानिधि दाहाल, डा. देवी पन्थी, गङ्गा लिगलको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
लमजुङको मूल प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाले आयोजना गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, मुक्तक, चारु, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जना वाचन गरे । शब्दले सम्मान गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरूमा भुवनहरि सिग्देल, बमबहादुर थापा जिताली, कलानिधि दाहाल, देवी पन्थी, गोविन्दप्रसाद घिमिरे वेदमणि, गङ्गा लिगल, कृष्णप्रसाद पौडेल, दुष्यन्त भट्टराई, जगदीश्वर पोखरेल, जानुका गुरागाई, बिनुबाबा घिमिरे, पवनकुमार बुढाथोकी, चन्द्रावती अधिकारी, दुर्गाप्रसाद अधिकारी भँमरकोटे, लक्ष्मीप्रसाद मिश्र, टेकबहादुर लौडारी, खुसीराम डौलिया, वीरबहादुर लोहनी, सुरेशचन्द्र घिमिरे, द्वारिका कुइँकेल, रामकृष्ण अधिकारी, हरिप्रसाद घिमिरे, युवराज कोइराला, कृष्णप्रसाद मिश्र, गोमबिक्रम, चन्द्रा न्यौपाने, सममाया तमाङ, बालकुमारी घिमिरे आदि रहेका थिए ।
प्रमुख अमन्त्रित भुवनहरि सिग्देले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुहुँदै कर्मदालाई शुभकामनाका साथ महाकविले साहित्यमा गरेको योगदानको चर्चा गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटा बिम्ब बनिसक्नुभएको छ । अभ्यासले सिर्जना खारिदै जान्छन् भन्नुभएको थियो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाइदिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: