तराई पहाड हिमाल
प्रकृतिको वरदान
बुद्धको जन्मभूमि
मेरो देश नेपाल ।
लोभ्याउँछ वन पाखा
हरियाली फाँट
शिर सधैँ ठाडो राख्ने
नेपालीको आँट ।
ढुङ्गा पनि देउता बन्छ
कलाकार को हात
थुम्का थुम्किले नि दिन्छ
स्वर्गको आभाष ।
पौरख गर्छ नेपाली
विश्वमा छवि राख्दछ
चन्द्र सूर्य ध्वजा लिई
सधैँअघि बढ्दछ ।
बहुल जाति भाषा धर्म
संस्कृतिका धनी
सबै मिली बसेका छन्
भातृत्वलाई धानी ।
प्रतिक्रिया दिनुहोस्: