‘होइन ए प्रतिक्षा ! कति नक्कल पार्न सकेकी हँ ? जतिबेला पनि ऐना हेरेको छ, मुस्कुराएको छ । तँलाई त अलिकति लाज सरम नि लाग्दैन कि कसो ?’ पवित्राले छोरीलाई भनिन् ।
‘छिः ममी ! कति गनगन गर्नुभएको ? म कहाँ ऐना हेरेर हाँसेको हो त ? म त मेरी हितैषी साथीलाई हेरेर पो मख्ख परेको त ।’
प्रतिक्षाको कुरालाई नपत्याएको ढङ्गमा पवित्राले ओठ लेप्राइन् ।
प्रतिक्षाले पवित्रालाई स्पष्टीकरण दिँदै भनिन्,
‘पत्याए पत्याउनुहोस्, नपत्याए नपत्याउनुहोस् । म हाँस्दा मज्जाले हाँस्ने र रुँदासँगै रुने यो ऐनाबाहेक अरु को छ र मेरो ?’
बूढानीलकण्ठ, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: