
काठमाडौ, जेठ २४ गते शनिबार। सरस्वती माध्यमिक विद्यालयकाे संयाेजन र अभिनव साहित्य समाजकाे आयाेजनामा मा.वि. स्तरीय विद्यालयहरूकाे शिक्षक र शिक्षिकामामा आधारित भएर छन्द कविता लेखन तथा वाचनकाे लागि एक दिने प्रशिक्षणात्म कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।
गाेकर्णेश्वर न.पा. प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्य, समाजका अध्यक्ष गाेविन्दप्रसाद घिमिरे वेदमणिकाे सभापतित्व र प्रशिक्षकत्व, बी.पी. इलामेकाे संयाेजकत्व, देवू लुइटलकाे प्रशिक्षकत्व र विद्यालयका प्राचार्य राजु श्रेष्ठकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा ४० भन्दा बढी विद्यालका शिक्षक, शिक्षिकाहरू, अभिनवका मदाधिकारीहरूमा उपाध्यक्ष विमल अर्याल, सचिव परशुराम पराशर, काेषाध्यक्ष घनश्याम प्रसाइ, सह काेषाध्यक्ष शारदा खनाल, सह सचिन, मेनका आचार्य र सुरभिका अध्यक्ष बाजुराम पाैडेलको समुपस्थितमा साे कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्: