कविता

चमेली भाग १

३ असार २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

एक वचन बोल्नुपर्थ्यो हामीसँग  पनि
घरी मलाई भन्नथाले निठुरी हौ तिमी।
जगतका हावा आँधी चलेजस्तो हुन्छ
ढुङ्ग्गा  जस्ता देखे बोल्नु बेकार हुनी । १।

मैले के बिरायकी थिएँ बोल्नुपर्छ यहाँ
उनी हृदयको कोमल सम्झिछन् त्यहाँ
कति पनि मन हुन्न बोल्नु भन्नी रत्ती
मौन धारण गरी बस्नु बेस चुपचापमा । २।

शायद कोही मनोरोगी घुम्दैछ वरिपरी
कत्ती ओठखुल्दैन के भन्छ यहाँ घरी
छोड्न पर्छ आवाज निठुरी ढुङ्गा हुँदा
चौपट्ट चित्त दुख्यो लाग्यो फुल वोइलेसरी । ३।

उनलई कसुरविना कप्टी मानव भन्दा
लाग्छ के आयो बराबर उपनाम धन्दा
राम्ररी थाह भएन अलमल परे सरी
बेस हुन्छ नबोली चिने फुल रस गन्ध । ४।

गोङ्गबुं गणेस्थान, काठमाडौ। 

प्रतिक्रिया दिनुहोस्: