संस्मरणात्मक निबन्ध

याे रहर हाे कि बाध्यता !

२६ आश्विन २०८२
Tara KC
तारा केसी

प्रिय पूजा !

घरकाे संघार कहिले न नाघेकी तिमीलाई बाेकेर उडेकाे जहाज यति वेला कहाँ पुग्याे हाेला….? मनभरि कुरा खेलिरह्यो । रातभरि निदाउन सकिन।

जापान हिंडेकी तिमीलाई बिदाई गर्न त्रिभुवन विमान स्थाल जाने हिम्मत पनि आएन मलाई। साँझ बाबु / नानीसँग मैतीदेवी मन्दिर गएँ। तिम्राे शुभ यात्राकाे कामना गरे। मन्दिर वरिपरिकाे बलेकाे झिलिमिली उज्यालोले एकैछि भएपनि मन आनन्दित भयाे। बेलुकाकाे खाना बाहिरै खाएर घर फर्कियाैं।

नेपालगञ्जमा जन्मिएकि भन्नुहुन्थ्यो तिम्राे आमाले मलाई। तिम्राे बुबा सरूवा भएर त्यतिबेला परिवार सहित नेपालगञ्ज जानुभएकाे थियाे रे। पछि तिमी चार वर्ष र तिम्राे भाइ दुई वर्षकाे हुँदा पहाडघर फर्किनु भएकि तिम्री आमा तिमीहरूलाई छाेडेर भगवानकाे घर जानुभएछ। त्यसपछि तिमीहरूकाे पालनपोषण हजुर आमाले गर्नुभएकाे रे। मैले सुनेकाे।

छुटेकाे आमाकाे माया केही वर्षपछि अर्काे आमाबाट पायाै तिमीहरूले। ती आमा साँच्चै देवीकाे प्रतिरूप जस्तै लाग्छ मलाई। आमा नभएको महसुस तिमीहरूले कहिले गर्नु परेन। जन्मदाता भन्दा धेरै मायालु र महानछिन् ती आमा। याे अर्थले तिमीहरू भाग्यमानी छाै।

तिमी सर्लाहीबाट काठमाडौं आउनु भन्दा पहिला देखिनै तिम्राे आमासँग मेराे परिचय थियाे। हाम्राे राम्राे सम्बन्ध थियाे। पछि मागेर तिम्राे विवाह भाइसँग गराइदिएं । काठमाडौं हुर्केकी तिमी गाउँमा पुग्याै। त्याे समाजसँग घुलमिल भयाै। र विवाहपछि बनेपाबाट १२ पास गर्याै। बुबा/ आमाले तिम्रा हर खुशीमा खुशी थप्ने काम गर्नुभयाे। तिमीले सबैकाे मन जित्याै। कसैलाई चाेट पुग्ने काम कहिले गरिनौं । बुहारी हुनुकाे धर्म निभायाै।

मान्छेमा कमि- कमजोरी पनि हुन्छ। गल्ती पनि कहिलेकाहीँ मान्छेबाटै  हुन्छ। यस्ताे भएन भने जीवनकाे वास्तविक अर्थ पनि बुझ्न सकिंदैन नि  हगि ?

कहिले कसाे बा आमाले गुनासाे गर्दा पनि म तिम्राे पक्षमा उभिन्थें । किन कि तिमी मलाई साथी जस्ताे/ छाेरी जस्ताे लाग्थ्याे। तिम्राे आँखामा आँसु नआओस् भन्दै तिम्राे खुशी हेर्न चहान्थें  म। तिम्रा साना तिना गल्ती क्षम्य हुन्थ्याे मेराे लागि।

सुशील ! सरल मिजाशिलाे तिम्राे बानी। आज सम्झिरहेकाे छु।
तिम्रा सपनाहरू साकार हुन् । भगवान दाहिना रहून । देश घुम्नु। नयाँ कुराहरू सिक्नु । श्रीमानसँग तिम्राे जापानकाे अबकाे बसाइ  रमाइलो र उपलब्धिमूलक बन्याेस्।

कृतिम अक्सिजनले श्वास फेरिरहेकी तिम्राे सासू  आमा। साना  साना छाेरा छाेरी तिम्राे प्रतिक्षामा बाटाे हेरिरहनेछन्। याे अवसरलाई सदुपयोग गर्नु । आफू जन्मिएकाे ठाउँ र देश कहिल्यै नभुल्नू ल !

मिस यू पूजा !
२०८२ असाेज २५
गाेङ्गबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: