तिहार नजिक आइरहेको थियो । जानुकाले नयाँ लुगा किन्न रहर गरिन् र आफ्नो बुबासँग पैसा मागिन् ।
‘कति पैसा चाहियो छोरी ?’ बुबाले सोध्नुभयो ।
‘पाँच हजार । पाँच हजार भए मेरो लागि सट, प्याण्ट र अन्य राम्रा लुगा किन्न सक्छु ।’ जानुकाले भनिन् । ‘ओ हो पाँच हजार !’ बुबाले आश्चर्य माने । ‘छोरी मेरो महिनाको तलब नै दश हजार छ । आधा तिमीलाई दिएर बाँकी पाँच हजारले कसरी महिना दिन चलाउने त ?’ बुबाले सोधे ।
छोरी केही बोलिन । बुबाले नै भने– ‘पन्द्रसयजति लैजाऊ न हुन्न ?’
‘पन्ध्रसय रुपैँयामा त मैले लगाउने एउटा राम्रो पायन्ट मात्रै आउन सक्छ । अरू कपडा कसरी किन्ने नि ?’ जानुकाले भनिन् ।
‘सट पायन्ट नै किन किन्नु पर्यो र ! कुर्था सुरुवाल किने हुँदैन ?’ बुबाले भने ।
‘मलाई कुर्था सुरुवालभन्दा विदेशी टिसर्ट र पायन्ट लगाउँदा राम्रो देखिन्छ रे ! मेरा साथीहरूले भनेको ।’ जानुकाले भनिन् ।
‘तिमीलाई सट पाइण्ट होइन, कुर्था सुरुवाल लगाउँदा असाध्यै राम्रो देखिन्छ । तिम्रो ममी र मैले भनेको नि !’ मुसुक्क हाँस्दै बुबाले भने ।
‘अँ बुबा पनि ।’
‘घाँटी हेरेर हाड निल्नुपर्छ भनेको थाहा छैन तिमीलाई ।’
‘त्यो त हो ।’ जानुकाले सहमति जनाई ।
+++
बूढानीलकण्ठ–४, पासिकोट,
उज्यालोवस्ती, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: