शुभद्रा गुरुङ
कक्षा : ९
दिनहरू उज्यालिँदै छन, एक पछिको अर्को दिन,
मेरो मार्गमा आशाको किरणहरू छरिँदै छन् ।
महसुस हुन्छ– राम्रा दिनहरू आउँदै छन्,
ती दिनले मनका कुनामा माया भरिदिन्छन् ।
प्रिय समय !
के तिमी केही छिटो अघि बढ्न सक्दैनौ ?
म ती अविस्मरणीय क्षणहरूको प्रतीक्षामा छु ।
स्मृतिहरू हृदयको गहिराइबाट बगिरहेका छन् ।
एक अविरल नदीझैँ–
स्वभाविक, निख्रिएका र शान्त ।
म प्रियजनसँग रमाउने ती पलहरूको प्रतीक्ष्mाामा छु,
जहाँ उनीहरूको साथमा समय रोकिएझैँ लाग्छ ।
चन्द्रमाले पनि उज्यालो छर्दछ,
कि हामी, तिमी र म–
त्यो उज्यालोमा हराउँछौँ, अनन्त प्रेममा ।
म ती दिनहरूको सम्झनामा डुब्छु,
जहाँ तिहारले सधैँको लागि बसोबास गरेको छ,
यो पर्वले ल्याउँछ हर्ष र उल्लास,
र उज्यालो दिन्छ अन्धकारमा डुबेका मनहरूलाई ।
खास ! म ती तिहारका दिनहरू समाउन सक्थेँ,
जसले मलाई प्रत्येक क्षणमा खुसी दिन्थ्यो ।
र यदि सक्थेँ म समयलाई एक क्षण रोकिदिन्थेँ–
ता कि त्यो माया, त्यो रमाइलोसँग, प्रत्येक क्षण रमाउँन सकूँ ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–१०, गोँगबुँ, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: