मलाई मन पर्ने ठाउँ
दिया श्रेष्ठ
कक्षा : ७
मलाई मनपर्ने ठाउँ पोखरा हो । पोखरा यो धर्तीको स्वर्ग पनि हो । यो नेपालकै सुन्दर पर्यटकीय स्थल हो । यो गण्डकी प्रदेशमा पर्छ । यो स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । फेवाताल, बेगनास ताल, पाताले छाँगो र महेन्द्र गुफाले यसलाई अझ आकर्षक बनाएका छन् ।
पोखराबाट अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमालहरू नजिकैबाट नियाल्न सकिन्छन् । बिहानको समयमा हिमालमा परेको सूर्यको किरणले दृश्य झन् मनमोहक बनाउँछ । यहाँको शान्त वातावरण, स्वच्छ हावा र हरियालीले मनलाई धेरै आनन्द दिन्छ । पोखरा साहसिक पर्यटनका लागि पनि प्रसिद्ध छ । बोटिङ, प्याराग्लाइडिङ, ट्रेकिङ जस्ता साहसिक गतिविधि गरेर यहाँ मज्जा लिन सकिन्छ ।
म परिवारसँग पोखरा घुम्न जान मन पराउँछु । यहाँको प्राकृतिक सुन्दरता, शान्ति र रमाइलोको कारण पोखरा मेरो सबैभन्दा मनपर्ने ठाँउ हो ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: