कविता

रोशिका र दिप्सनको कविता।

१८ चैत्र २०८२
सेई बोर्डिङ्ग स्कुल

नाचौँ बगैँचामा
रोशिका श्रेष्ठ
कक्षा : ५

आउन साथी हामी पनि नाचौँ बगैँचामा,
रङ्गीचङ्गी फूलका माला गाँसौँ बगैँचामा ।
आहा ! कति राम्रा–राम्रा पुतलीका हुल,
चराहरू पनि राम्रा त्यस्तै राम्रा फूल ।
पुतली र फूलजस्तै हाँसौँ बगैँचामा,
सबै नाच्दै, सबै हाँस्दै बाँचौँ बगैँचामा ।
गाईको बाछा बाँ बाँ गर्छ करेसाबारीतिर,
मेरो म्याँ म्याँ भकारी सार्दै आउँछ यतैतिर।
आमा काखमा सुताउने, बाबा कथा भन्ने,
कहिले होला आमाबुबाजस्तै हामी पनि बन्ने ?
आमाबाले दिने खुसी पाउँ बगैँचामा,
दुःख बिर्सी सुख मात्रै बाँचौँ बगैँचामा ।
सेई बोर्डिङ स्कूल
लिखु–६, थानसिङ, नुवाकोट। 

रुख
दिप्सन सुवेदी
कक्षा : २

गहिरो जरा मेरो
जमिनसँग जोडिएको,
जिउ मेरो एकदमै ठूलो
हरियो पातले सजिएको ।
आराम गर्न आउँछन्‌
बटुवा धेरै जना,
मेरै छायाँमा बस्दा
पाउँछन् आनन्द धेरै जना ।
काठ पनि काट्छन्‌
आफ्नो आवश्यकता पूरा गर्न,
सखाप हुने गरी नकाट मलाई
पछि पर्ला आफै रुन ।
सेई बोर्डिङ स्कूल
लिखु–६, थानसिङ, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: