काठमाडौं, २०८२ चैत २६ गते बिहीवार। कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५६ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन भव्य किसिमले सम्पन्न गरेको छ । कविगोष्ठी संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा. डा. देवी नेपाल, विशिष्ट अतिथि कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली र डा. देवी पन्थीको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, चारु, रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्नेहरूमा देवी नेपाल, कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी, भोजराज न्यौपाने, गङ्गा लिगल, दुर्गाप्रसाद सिग्देल, खुसीराम डौलिया, चूडा निर्भीक, जनार्दन अधिकारी धड्कन, युवराज घिमिरे, दुष्यन्त भटराईं, जगदीश्वर पोखरेल, टेकबहादुर लौडारी, द्वारिका कुइँकेल, लक्ष्मिप्रसाद मिश्र र सुरेशचन्द्र घिमिरे हुनुहुन्थ्यो भने बिनुबाबा घिमिरे र कृष्ण सुवेदी भद्र श्रोता रहनुभएको थियो।
प्रमुख अतिथि देवी नेपालले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुहुँदै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ, भन्ने बताउनुभयो। डा. नेपालले वाचन गरेका सिर्जनाको पद्यमा सुललित किसिमले समीक्ष गर्नुभएको थियो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नुभएको थियो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाददिँदै समारोह समान गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: