‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल विद्यार्थीलाई गुणस्तरीय जीवन जिउन सिकाउने एक वास्तविक प्रशिक्षण केन्द्र हो
प्रमोद पाण्डे
अध्यक्ष
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, बानियाँटार, काठमाडौं
१. यो स्कुल कहिले स्थापना भएको हो ?
उत्तर : काठमाडौं युरो स्कुल, काठमाडौँमा सन् २०१५ मा स्थापना भएको विद्यालय हो ।
२. यस स्कुलको स्थापनाको पृष्ठभूमि र उद्देश्य बारे बताइदिनोस्न ?
उत्तर : काठमाडौं युरो स्कुल स्थापना गर्नुुको मुख्य उद्देश्य काठमाडौंमा गुणस्तरीय तथा अन्तर्राष्ट्रिय शिक्षा विद्यार्थी र अभिभावकहरूलाई सहज, सरल र पहुँचयोग्य रूपमा उपलब्ध गराउनु हो ।
यस विद्यालयले विश्वस्तरीय IB पाठ्यक्रममार्फत विद्याथीको बौद्धिक, सामाजिक, भावनात्मक र नैतिक विकासमा ध्यान दिँदै उनीहरूलाई वैश्विक सोच भएका, जिम्मेवार र आत्मनिर्भर नागरिकका रूपमा तयार पार्ने लक्ष्य राखेको छ । साथै, अन्तर्राष्ट्रिय शिक्षा काठमाडौंमै प्राप्त गर्न सकिने वातवारण सिर्जना गरी अभिभावक र विद्यार्थीलाई विदेशमुखी हुनुपर्ने बाध्यता कम गर्नुु पनि यस विद्यालयको प्रमुख उद्देश्य हो । काठमाडौं युरो स्कुलले Euro Kids र IB को फ्रेन्चाइज मार्फत नेपाली शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएको छ ।
यसले विद्यार्थीहरूलाई केवल राष्ट्रिय पाठ्यक्रम सिकाउनु मात्र होइन, अन्तर्राष्ट्रिय दृष्टिकोण, अनुसन्धान, अनुभव र जीवनमै उपयोगी कौशल प्रदान गर्ने वातावरण सिर्जुना गरेको छ ।
३. अहिले विद्यालयमा शिक्षक, विद्यार्थी र कर्मचारीहरू कति छन् ?
उत्तर : हाल काठमाडौं युरो स्कुलमा आंशिक समय (Part time), पूर्ण समय (Full time) शिक्षण तथा गैर–शिक्षण कर्मचारी गरी जम्मा १४६ जना कार्यरत छन् ।
यसमा विषयगत रूपमा कार्यरत शिक्षक–शिक्षिका, सहायक शिक्षक, प्रशासनिक कर्मचारी, लेखा, व्यस्थापन, सुरक्षा तथा अन्य सहयोगी कर्मचारीहरू समावेश छन् ।
विद्यालयले योग्य, प्रशिक्षित र अनुभवी जनशक्तिमार्फत शैक्षिक तथा प्रशासनिक गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।

४. विद्यालयको आार्थिक तथा भौतिक अवस्था कस्तो छ ?
उत्तर : काठमाडौं युरो स्कुलको आर्थिक तथा भौतिक अवस्था सुदृढ र व्यवस्थित रहेको छ । यस विद्यालयको मुख्य आर्थिक स्रोत विद्यार्थीहरूले नियमित रूपमा तिर्ने शैक्षिक शुल्क नै हो । विद्यालय कुनै अनियमित वा बाह्य आर्थिक स्रोतमा निर्भर नरही आफ्नै शैक्षिक गतिविधिबाट सञ्चालन हुँदै आएको छ ।
भौतिक संरचनाको दृष्टिले काठमाडौं युरो स्कुलसँग आफ्नै केही जमिन रहेको छ भने केही जमिन भाडामा लिएरसमेत सञ्चालन भइरहेको छ । हाल विद्यालयमा चारवटा शैक्षिक भवन सञ्चालनमा छन् । साथै विद्यार्थीहरूको सर्वाुङ्गीण विकासका लागि फुटसल मैदान, पर्याप्त खुला खेलमैदान (playground) जस्ता खेलकुदका पूर्वाधारहरू उपलब्ध छन् ।
विद्यालयमा पुस्तकालय (Library), प्रयोगात्मक तथा प्रायोगिक प्रयोगशाला (Practical Labs) लगायत आधुनिक शैक्षिक सुविधाहरू उपलब्ध छन् ।
त्यसैगरी, विद्यालयमा प्रशिक्षित, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाहरू कार्यरत छन्, जसले गुणस्तरीय र व्यवहारिक शिक्षण–सिकाइ प्रक्रिया सुनिश्चित गरिरहेका छन् ।
समग्रमा, Kathmandu Euro School को आर्थिक स्रोत, भौतक पूर्वाधार र मानव संसाधन सबै पक्ष सन्तुलित रूपमा शिक्षामा नै केन्द्रित रहेको देखिन्छ ।
५. यस विद्यालयमा पढाइको गुणस्तर कस्तो रहँदै आएको छ ?
उत्तर : काठमाडौँ युरो स्कुलमा प्रदान गरिने शिक्षा वास्तविक अर्थमै गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको रहेको छ । यस विद्यालयमा अन्तर्राष्ट्रिय शिक्षा प्रणालीको अनुभव भएका तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट तालिम प्राप्त शिक्षक शिक्षिकाहरू कार्यरत छन् । साथै, नेपाली पाठ्यक्रम (National Curriculum) मा गहिरो ज्ञान र अनुभव भएका शिक्षकहरू पनि संलग्न भएकाले नेपाली पाठ्यक्रमलाई IB शिक्षा पद्धतिको शैलीमा विद्यार्थीमैत्री रूपमा अध्यापन गराइन्छ ।
यहाँको अध्ययन प्रक्रिया विद्यार्थीलाई बुझ्न सजिलो, सरल र व्यवहारिक बनाइएको छ । विद्यार्थीहरूमा ‘पढाइ बोझ होइन, जीवन गुणस्तर सुधार्ने सिकाइ हो’ भन्ने स्पष्ट सोच र अनुभूति विकास गराइएको छ ।
अध्ययनका लागि विद्यालयमा पर्याप्त शैक्षिक स्रोतहरू (learning resources) उपलब्ध छन् । अभ्यास र प्रयोगका लागि पर्याप्त प्रायोगिक प्रयोगशाला (practical labs) तथा पुस्तकालय (Library ) को व्यस्था गरिएको छ ।
त्यसैगरी, विद्याथीहरूको शारीरिक विकासका लागि पर्याप्त खेलकुद सामग्री, खेलमैदान तथा शारीरिक अभ्यासका अवसरहरू उपलब्ध छन् ।
काठमाडौँ युरो स्कुलको अध्ययन कक्षा कोठाका चार पर्खालभित्र मात्र सीमित छैन । यहाँ Indoor र Outdoor दुवै प्रकारका सिकाइ कक्षा, परियोजना–आधारित अध्ययन, फिल्ड भिजिट तथा अनुभवमूलक सिकाइमार्फत असीमित सिकाइ दायरा (Unlimited Learning Dimension) सिर्जना गरिएको छ ।
समग्रमा भन्नुपर्दा, Kathmandu Euro IB World School केवल विद्यालय मात्र होइन, विद्यार्थीलाई गुणस्तरीय जीवन जिउन सिकाउने एक वास्तविक प्रशिक्षण केन्द्र (Quality Life Training Center) को रूपमा सञ्चालन गरिएको छ ।

६. अरू सरकारी तथा निजी स्कुल र यो स्कुलमा फरक के छ ? यहाँ पढाउँदा फाइदा के ?
उत्तर : Kathmandu Euro IB World School अरू सरकारी र निजी स्कुलभन्दा फरक छ ।
यहाँ शिक्षा केवल किताब पढ्ने र शिक्षकले बताएको कुरा सम्झने मात्र होइन । विद्यार्थीले सिक्ने कला (learning skill ) र समस्या समाधान गर्ने क्षमतामा जोड दिइन्छ ।
जब विद्यार्थीले कुनै पुस्तक पढ्छन् वा अध्ययन गर्छन्, उनीहरूले केवल कुरा सम्झिँदैनन्, तर यहाँ समस्या पत्ता लगाउने र त्यसको समाधान खोज्ने र अनुसन्धान (research) गर्ने अभ्यास गर्छन् । शिक्षकहरूले मात्र काम गर्दैनन्, अन्तर्राष्ट्रिय र नेपाली विभिन्न संस्था तथा संगठनहरू पनि विद्यार्थीको विकासका लागि सक्रिय रूपमा संलग्न छन् ।
अरू सरकारी वा निजी स्कुलमा शिक्षक मात्र विद्यार्थीहरूलाई अध्ययनमा संलग्न गराउँछन् भने, यहाँ विभिन्न संस्था र संगठनहरू विद्यार्थीको सिकाइ, अनुभव र growth मा पनि सहभागी हन्छन् । यसले पढाइलाई रोचक, रमाइलो र व्यवहारिक बनाउँछ ।
यहाँ सिकाइ केवल कक्षा कोठामा मात्र सीमित हुँदैन, विद्यार्थीहरूले आफैं खोज्छन्, अनुभव गर्छन् र विभिन्न स्रोतबाट ज्ञान सङ्कलन गर्छन् । यसैले Kathmandu Euro IB World School मा शिक्षा केवल परीक्षा पास गर्ने साधन होइन, साँचो जीवनमा गुणस्तरीय जीवन जिउने क्षमता विकास गर्ने कला हो ।
७. विद्यार्थी, अभिभावक तथा शुभेच्छुक, शुभचिन्तकहरूलाई के अनुरोध गर्नुहुन्छ ?
उत्तर : समयसँगै शिक्षा प्रणाली निरन्तर परिवर्तन हुँदैछ । यस्तो परिवर्तित शिक्षा प्रणालीलाई सहज रूपमा अनुभव गर्नुु कहिलेकाहीँ चुनौतीपूर्ण पनि हुनसक्छ ।
काठमाडौँ युरो स्कुलले यी परिवर्तनहरूलाई छिटो अपनाउँदै, समयको माग अनुसारको शिक्षा र जीवनमै उपयोगी कौशल विद्यार्थीहरूलाई प्रदान गर्दै आएको छ ।
तपाईंहरू पनि हाम्रो शिक्षण परिवारको अभिन्न हिस्सा हुनुहुन्छ । कृपया सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोस् ता कि हामी अझ प्रभावकारी रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नसकौँ ।
आजको गुणस्तरीय शिक्षा नै भविष्यमा जीवन जिउने आधार हो भन्ने कुरा बुझ्नुस् । तपाईंहरूको सहयोग र विश्वासले नै हामीलाई अझ समर्पित र सक्षम बनाउँनेछ ।


प्रतिक्रिया दिनुहोस्: