पारामाउण्टमा मोडेल यूएन (PA MUN) कार्यक्रमको समापन

९ असार २०८३

काठमाडौं, असार ८ गते सोमबार । पारामाउण्ट एकेडेमी, टोखा–८, गोँगबुँ, काठमाडौंमा Model United Nation (MUN) को चार दिवसीय नमुना कार्यक्रमको समापन गरिएको छ । एक विशेष कार्यक्रमका बीच स्कुल प्राङ्गणमा पारामाउण्ट एकेडेमीका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेको सभापतित्व र प्याब्सन काठमाडौंका पूर्व अध्यक्ष, साहित्यकार तथा इडन ब्रिज एकेडेमीका संस्थापक प्रिन्सिपल आदरणीय प्रेम राई परीक्षितको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा साहित्यकार देवराज सिम्खडा, साहित्यकार/पत्रकार उमेश पाण्डे, शिक्षक युवराज न्यौपाने र सन्तोष खड्का, शिक्षिका रेविका महर्जन र सविना फुयाँलको विशेष आतिथ्य रहेको थियो ।

PA MUN 2.0 ले आयोजना गरेको युएन नमुना कार्यक्रममा इरानको प्रतिनिधित्व आरोन बर्देवा, चिनको प्रतिनिधित्व निश्चल खड्का, सुडानको प्रतिनिधित्व मल्लिक ठकुरी, युक्रेनको प्रतिनिधित्व सुशान्त अधिकारी, रसियाको प्रतिनिधित्व बिकल खत्री र युएसएको प्रतिनिधित्व प्रकृति रिजाल गरेकी थिइन् । उक्त चार दिने कार्यक्रममा युएनले गर्ने छलफल, वहस, निष्कर्स र समाधानहरूका बारेमा Moderator अपिल खनाल, Vice Chairperson आयुश थपलिया र Chairperson प्रिन्स पाण्डेले सहभागी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान र अभ्यास गराउनुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट सैद्धान्तिक ज्ञान, नमुना र अभ्यास प्रदर्शन गरेकोमा युएसएको प्रतिनिधित्व प्रकृति रिजाललाई– प्रथम, इरानको प्रतिनिधित्व आरोन बर्देवालाई– द्वितीय र रसियाको प्रतिनिधित्व बिकल खत्रीलाई– तृतीय घोषणा गर्दै प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गदै प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयमा सिकेका यस्ता ज्ञान, सिप र कलालाई हाम्रा घर, गाउँ र समाजका वरपर घट्ने घटना र अवस्थाहरूमा पनि लागु गर्दै जानसके समाज अझ सुन्दर र समुन्नत बन्नेछ, भन्नुभयो । कार्यक्रमको संयोजन र सहजीकरण शिक्षिका रेविका महर्जन र सविना फुयाँलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: