संसाक साहित्य सम्मान- २०८३ को घोषणा !

२२ असार २०८३

२०८३, काठमाडौ, असार २२ गते। संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन, विकास र विस्तारको लागि विगत १३ वर्षदेखि निरन्तर क्रियाशील संसाक मासिकले गएका ११ वर्षदेखि अविच्छिन्न रूपमा स्रष्टा, सर्जकहरूलाई प्रदान गर्दै आएको संसाक स्रष्टा सम्मान यस वर्ष (२०८३) को लागि नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने निम्न अनुसारका स्रष्टाहरू चयन हुनुभएको घोषणा गरिएको छ।

१) संसाक गोपा मैयाँदेवी साहित्य सम्मान–२०८३ : ललिता दोषी, बुद्धनगर, काठमाडौं ।
२) संसाक नवप्रतिभा साहित्य सम्मान–२०८३ : कालिका त्रिपाठी पन्त, बनेपा, काभ्रे ।
३) संसाक बालप्रतिभा सम्मान–२०८३ : अन्जना गिरी, बाल विकास बोर्डिङ हाई स्कुल, बूढानीलकण्ठ, काठमाडौं ।

उक्त सम्मान संसाक मासिकको १४ औँ वार्षिकोत्सवको अवसरमा यही साउन ८ गते एक समारोहका बीच स्रष्टाहरूमा समर्पण गरिने व्यहोरा आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: