अरुण ‘नदी’ लाई ‘शब्दयात्रा पुरस्कार’ समर्पण गरिने 

३१ असार २०८३

काठमाडौं। शब्दयात्रा प्रकाशनले साहित्यसेवी अरुणबहादुर खत्री ‘नदी’ (तनहूँ) लाई २०८३ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गर्ने भएको छ । सरकारी सेवामा रही तीन दशकसम्म कार्य गर्नुभएका उहाँले विभिन्न पुस्तकहरुको समीक्षा गरेर विभिन्न स्रष्टाहरुको जीवनी लेखेर विभिन्न विधामा साहित्यिक सिर्जना गरेर साढे चार दशक अघिदेखि निरन्तर कर्मशील रही वाङ्मयसेवा गरिरहनु भएको छ । उहाँको यही कर्मशीलताका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्: