काठमाडौ, २०८३ साउन १६ गते शनिवार। अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १६० औँ नियमित स्वतन्त्र विधा प्रविधिमैत्री कविगोष्ठी संस्थाकी सहकोषाध्यक्ष दुर्गा रिमाल अधिकारीको अध्यक्षता तथा प्रमुख आमन्त्रित हरि खनाल विशिष्ट अतिथि सुरेशकुमार भट्ट समीक्षक पुरुषोत्तम सिग्देलज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका छन्द, लोकछन्द, स्वच्छन्द, मुक्तक, गजल, खोरिया, हाइकु वाचन गरिएका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्नेहरूमा हरि खनाल, पुरुषोत्तम सिग्देल, सुरेशकुमार भट्ट, बमबहादुर थापा जिताली, गणेश आत्रेय, दुर्गाप्रसाद सिग्देल, द्वारिका कुँकेल, रामचन्द्र न्यौपाने वनवासी, चूडा निर्भीक, दुर्गा रिमाल अधिकारी, पवनकुमार बुढाथोकी, जनार्दन अधिकारी धड्कन, कल्पना भटराईं, गोम विक्रम, गङ्गा लिगल, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे भण्डारी, कमला पन्थी अधिकारी, सुरेशचन्द्र घिमिरे, शारदा कार्की, चन्द्र न्यौपाने, वीरबहादुर लोहनी, टेकबहादुर लौडारीलगायत हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित हरि खनालले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । उहाँले स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ, भन्नुहुँदै भाषाको उन्नयनमा योगदान पुऱ्यायाइरहेको छ भन्नुभयो । समीक्षक पुरुषोत्तम सिग्देलले आज वाचित कविताको मिहिन ढङ्गले समीक्षा गर्नुभएको थियो ।
गोष्ठीका अध्यक्ष दुर्गा रिमाल अधिकारीले संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाइदिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नुभएको थियो । कविगोष्ठीको संयोजन कुशल किसिमले संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: