कविता

राधादेवी पाण्डेको शुभकामना कविता

१५ आश्विन २०८३
Radhadevi Pandey
राधादेवी पाण्डे

संसाकलाई छ शुभकामना !

दुई हजार सत्तरीको साउन महिना थियो ।
तेतीबेला बर्खा मास तिम्रो उदय भयो ॥
सदस्य को घर घरमा आयौ, जाँगरिलो सबैलाई बनायौ ।
॥१॥

जन्म लियौ संसाक तिमी तेह्र वर्षअघि ।
हाम्रो पनि नजर त्यतै लागिरह्योपछि ॥
बामेँ सर्दै टुकुमा टुकु हौ, भर्खर भर्खर यहाँसम्म आइपुग्यौ ।
॥२॥

कलम, कपी हातमा छ संसाक नाम तिम्रो ।
अनुयाई भइबस्न मन लागोस् हाम्रो ॥
मेरा मन मस्तिष्क भरी, सरस्वती बसून् है ! बासगरी ।
॥३॥

तिम्रा काम अपार छन् सबलाई ज्ञानदिनी ।
ठूलो हुँदै तेह्र पार चौध लाग्यौ अनि ॥
लेराउँदै छौ उमङ्ग हर्ष, बितेका पल खुशीका ती वर्ष ।
॥४॥

सम्मान गर्छु संसाकलाई सधैंभरि यहाँ ।
समयले पुर्‍याइदेओस् इतिहास महाँ ॥
यहाँसम्म आइपुग्यौ यसरी, खुशी सधैं रहिरहोस् बेसरी ।
॥५॥

सबै स्रष्टा दङ्ग होलान् तिमीलाई पाई ।
बूढाबूढी बालबच्चा हेर्छन् रमाई रमाई ॥
माया र प्रेमको भावना, चौध प्रवेश छ शुभकामना !
॥६॥

गोँगबुँ, गणेशथान, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: