साहित्य
(१) नेपालीको चाहना
बडादशैं चाडमा
बाडौँ शुभकामना ।
(२) दशैं ठूलो चाडमा
परदेश गएका
फर्किआऊ घरमा ।
(३) यो जमरेऔँसीमा
तिम्रो बाटो हेरेर
बाबाआमा कौसीमा ।
(४) नवरात्री निम्त्याइ
जमरा नै राखौँला
बालुवा नै भित्र्याइ ।
(५) चोखीनीति गरेर
फूलपाती भित्र्याऊँ
चण्डीपाठ गरेर ।
(६) पूजाविधि बुझेर
बेग्लाबेग्लै नामले
बसौँ दुर्गा पुजेर ।
(७) कालरात्री मनाऊँ
अष्टमीको दिनमा
जगदम्बा जगाऊँ ।
(८) दामपैसा राखेर
मान्यजनहरूमा
टीका थापौँ हाँसेर ।
(९) टीकाटालो लगाऊँ
आफन्तमा गएर
मित्रभाव जगाऊँ ।
(१०) परम्परा जोगाऊँ
बडादशैं मनाऊँ
नेपालमै रमाऊँ ।
बनेपा-३, नाला, काभ्रे
हाल : वसुन्धरा, काठमाडौ
प्रतिक्रिया दिनुहोस्: