भर्खरै पलाउन लागेका हाँगाहरूलाई छिप्पेका हाँगाले आफूतर्फ बढ्न दिएनन् । आफू बलियो छु भन्ने अहङ्कारले उनीहरू गजक्क पाकेका थिए । आफ्नो आश्रयमा ती कलिला हाँगा बाँचिरहेका छन् भन्ने घमण्डले ती पाकेका थिए ।
समय बित्दै गयो । छिप्पेका हाँगाहरू कलिला हाँगाहरूले छोपिदै गए । तिनका पातहरूले उनीहरूलाई घामपानीबाट बचाउन थाले ।
एकदिन कलिलाबाट छिप्पिन सुरु गरेका दुईवटा हाँगाहरूको कुराकानी चल्यो ।
‘यी छिप्पेका बूढा हाँगाहरूले पहिला हामीलाई कति धेरै हेप्थे । अहिले त हामीबाटै सुरक्षा पाउनुपर्ने रहेछ नि’, पहिलो हाँगाले भन्यो ।
दोस्रो हाँगाले भन्यो, ‘भो भो, धेरै घमण्ड नगर । एउटै घरमा बसेर पनि मनमा इख पाल्यौँ भने ती बूढा हाँगा र हामीमा के फरक ? ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गो भन्ने थाहा छैन तिमीलाई ?’
बूढानीलकण्ठ, काठमाडौँ
प्रतिक्रिया दिनुहोस्: