निबन्ध

सानो छँदा दशैं

१ कार्तिक २०८१
यशोदा अधिकारी

सानो छँदा दशैं आकाश उघारेर आउँथ्यो । चापाखोरीदेखि कुरुवास डाँडासम्म खसी बोकाको लर्को लगाएर आउँथ्यो । सानो छँदा दशैं कमेरो र रातो माटो कोपरेर आउँथ्यो । दशैं साने काका र गोठेनी ठूलीआमाको बाबीयो बटारेर आउँथ्यो । लाहुुरे सपनामा पर्दा लगाएर आउँथ्यो । दशैं शहर बिर्सेर आउँथ्यो । सानो छँदा दशैं परपर चरा उडाएर आउँथ्यो । कराङ्कुरुङ कराउँदै पश्चिम धपाइदिएर आउँथ्यो दशैं । पुुरेतबा काँ जमरा राखेर आउँथ्यो दशैं । सँधै उदाउने घामले पनि रूप बदलेपछि आउँथ्यो दशैं । मकै भाँचेर ढोड काटेपछि आउथ्यो दशैं । सानो छँदा तोरी छरेपछि आउथ्यो दशैं । सानो छँदा दशैं कान्लाहरूमा प्याउली पूmलेपछि आउँथ्यो । सानो छँदा दशैं आपूmुले नखाएर दाना खुुवाइ खुुवाइ चिल्लो पारेको बोको, खसी आएपछि आउँथ्यो । कागती, बोडी, मस्याङ सप्पै सुम्पिदिएर एक बोरा चिउरा भित्र्याएरपछि आउँथ्यो दशैं सानो छँदा । सानो छँदा दशैं सुसान गाउँमा चहलपहल लिएर आउँथ्यो । पँधेरा धाउने आमाहरू खुसी भएपछि आउँथ्यो उबेलामा दशैं ।

अहिले म हैन समय ठूलो भएको छ । भूूगोल पनि ठूलै भएको छ । दशैंचाहि सानो सानो भएजस्तो । न यो शहरमा दशैं नै आउँदैन कि ? वा दशैं कसरी आउँछ ? अनुुभवै गर्न नसकिने भएको छ । हतासको बर्को ओढेर दौडिरहने शहरमा सालिन्दा आउने दशैं अनुुभूतिका कुुनाहरू घोच्दैघोच्दै आउँछ र आँखै अगाडि विगत बिछ्याएर बिलाउँँछ । बयान गर्नै नसकिने अनुुभूुतिका हिमालहरू तेस्र्याएर जान्छ । मनले मनसँग मात्र गुनासो गर्ने हो । दशैं दशैंजस्तै लाग्दैन र त पोखिन्छन् भावना शब्दहरूमा । बग्दै जान्छन् स्मृतिका नदीहरू मिसिन्छन् समुुद्रमा र बनिदिन्छ विशाल काव्यालय ।

शहरको दशैं त के दशैं । मान्छेले मान्छे चिन्दैन । घरले घर चिन्दैन । समयले समय चिन्दैन । माया पलाउन सक्दैन । सहयोग बाँड्दैन । मान्छेहरू यता कुद्छन् । मान्छेहरू उता कुद्छन् । मानौ मान्छे नकुदिकन यो पृथ्वी नै अडि पो जान्छ कि ? शहरमा दशैं आएपछि स्मृतिका पानाभरि बग्छन् विगतका नदीनाला । दौडिरहेको समयलाई एकैछिन रोकेपछि था हुने । अहो ! दशैं कहाँ बदलिँदो रहेछ र ? यहाँ म पो ! बदलिएछु ? ठाउँ बदलियो । परिवेश बदलियो । काम बदलियो । आवश्यकता बदलियो । नाम पनि बदलियो तर गाउँ उस्तै छ । मात्रै बदलिएको छुु म । गाउँमा दशैं आउन चिउरा कुट्नैपर्छ । गाउँमा दशैं आउन कोदो फुल्नैपर्छ । गाउँमा दशैं आउन साने काकाको खरबारीको बाबियो काटिनुुपर्छ । गोठेनी ठूलीआमाको बाँसको लिङ्गो काटिनैपर्छ । रातो माटो र कमेरोको जोहो गरेर घर रङ्ग्याउनैपर्छ । शहर फटाफट बदलियो । गाउँ बिस्तारै बदलिँदैछ । पहिला पाइताला खियाउँदै शहर पस्ने समयले उडाइलाने बस चढ्ने बनाइदिएपछि दशैैंमा फर्कंदैनन् सपनाहरू र त थोरै चहलपहल घटेको छ अचेल गामतिर पनि ।

शहरमा के दशैं ? के तिहार ? शहरमा त सधैं दशैं, सधैं तिहार । अहो ! पुरानो भनाइ ठिट लाग्छ आजभोलि । यहाँ दशैं आउँछ वा आउँदैन या सधैं आउँछ ? ख्यालै पाइँदैन । दशैं स्मृतिका पानाहरू मुटुुभरि सजाएर कलुषित शहरको गल्लीभित्रै हराइरहेकी मलाई दशैं आकाशमा चङ्गा देखेपछि आको हो कि जस्तो लाग्छ । ठेलमेल बाटाहरू खाली हुँदै गएपछि अहिले दशैं आएजस्तो लाग्छ । ख्याउटे खसीबोकाहरू कोचिएको मिनिट्रक गुड्न थालेपछि दशैं आएजस्तो लाग्छ । एकैछिन् बजार कोचाकोच भएपछि दशै आएजस्तो लाग्छ । भोलिपल्टै शहर रित्तिँदै गएपछि दशैं आएजस्तो लाग्छ । उहिलेको दशैं र अहिलेको दशैं ठीक उल्टो ।

यहाँ त बजारभाउ अकासिएपछि दशैं आएजस्तो लाग्छ । जमरा त टीकाको दिन सिउरिएर हिँड्ने मान्छे देखेपछि मात्रै विस्मृतिमा आउँछन् । सानो छँदा दशैंमा मामाघरमा एक रुपैयाँको नोट पाउँदा हर्षले उडेर संसार घुम्ने मन हजारौ नोट हातमै खेलाउँन पाउँदा पनि रमाउँदैन । रमाओस् पनि कसरी ? मनलाई मन हेर्ने समय छैन । मनलाई मन हेर्न मन छैन । मनलाई मन हेर्ने बानी पनि छैन । दशैं आउनुु कहिले कहिले दक्षिणा गन्ती गरेर योजनाको महल ठड्याउने बालापन यो शहरमा खोजेर कहाँ पाउनुु र ? शहरलाई दही जमाउन गाइ पाल्नैपर्दैन । चिउरा किन्न दिनभर पैदल हिडेर नौडाँडा काट्नैपर्दैन । यहाँ न साटफेर चल्छ, सानो बेलाको दशैंमा कागती दिएर चिउरा लिए जसरी । यहाँ रातो माटो बेखबर छ । रातो माटोको कुरा गर्दा नानीबाबुु कुन फल हो भनेर प्रश्न गर्छन् । कमेरो खोज्नेहरू लर्को लागेर आप्mनै आगनबाट जान्थे भन्यो, बच्चाहरू कमेरो अपार्टमेन्ट हो भनेर सोध्छन् । बाबीयो बाटेर पिङ बाटेको दृश्यहरू घुम्दै शरद् लाग्छन् र आँखाभरि आएर प्रश्न गर्छन् । समय त बदलियो बदलियो, तँ किन बदलिइस् हँ ?

मैतीदेवी, काठमाडौं
लघुनिबन्ध

प्रतिक्रिया दिनुहोस्: