मुक्तक

मुक्तक

३० माघ २०८१
Ganga Aacharya Sedhain
गङ्गा आचार्य सेढाई

कता जाउँ ! कि बिसाउँ झन् भएकै थिएन
हरायो कि भन्दै खोज्ने तन भएकै थिएन ।
न जान्छ धोएर नै, न जान्छ रोएर नै
यतिसम्म विरक्त यो मन भएकै थिएन ।१।

आफ्नो कर्म के हो ? के गर्दैछु त्यसमा ध्यान हुनुपर्छ
गाह्रो साह्रो के छ हुलमुलको मनोज्ञान हुनुपर्छ ।
के गरेको छु ? उसले के गर्‍यो ? भन्नुभन्दा पहिला
जिम्मेवार व्यक्तिको व्यवहार सबैमा समान हुनुपर्छ ।२।

आन्तरिक र बाह्य संसार पहिचानको नाम नै जिन्दगी रहेछ
सानालाई मायाँ ठूलालाई आदर गर्नुको काम नै जिन्दगी रहेछ ।
सबैले दान, धर्म र परोपकार गर्नुपर्छ भनिरहे पनि यथार्थमा
बाँच्न र बचाउँनको लागि मनग्य कमाउँने दाम नै जिन्दगी रहेछ ।३।

शिवपुरी–८, थानापति, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: