साउन ३१, शनिबार: काठमाडौँ। दरबारमार्गस्थित द बेकरी क्याफेमा विश्व नेपाली साहित्य महासङ्घकी सहकोषाध्यक्ष सुन्दरी जाँयस जयाले कार्यक्रमको सुरु गर्दै मणिराज सिंहको जन्मोत्सवमा अतिथिहरूलाई आसन ग्रहण गराउनुभयो । जयाले साहित्यकार मणिराज सिंहलाई जन्मदिनको हार्दिक बधाई कविता वाचन गर्नुभयो । प्रा डा गोविन्दमानसिंह कार्कीले मणिराज सिंहको परिचयसहित शुभकामना कविता वाचन गर्नु भयो ।
वर्षेझरीको प्रवाह नगरी साहित्यकारहरू विद्वत्रत्न प्रा डा गार्गी शर्मा, प्रा डा विष्णुहरी नेपाल, प्रा डा भरतकुमार भट्टराई, प्रा डा लेखप्रसाद निरौला, करिष्मा सिंह, महासचिव अन्चु सुवेदी, विमल भौकाजी, विनेसाम नेपालका उपाध्यक्ष रविन्द्र आशिष् शैली, इन्दिरा दहाल, शैली साहित्य प्रतिष्ठानकि अध्यक्ष मन्जुश्री प्रधान, विनेसाम मधेस प्रदेशकी अध्यक्ष नीला घिमिरे, विनेसामकी केन्द्रीय उपाध्यक्ष सुनिता राई कन्दङ्वा, विनेसाम बृटेन मिडल्याण्डका अध्यक्ष भरतकुमार श्रेष्ठ विवसलगायतले शुभकामना कविता सुनाउँदै ज्योति साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहलाई सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना र आशीर्वाद दिनुभयो। स्रष्टा मणिराजले सबै उपस्थित साहित्यिक विद्वान् विदुषीमा आभार व्यक्त गर्नुभयो।
कार्यक्रम ज्योति साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र काव्याँश नेपाल साहित्य मंडलले संयुक्त रूपमा आयोजना गरेको थियो।


प्रतिक्रिया दिनुहोस्: