लेख

डा.सत्यराज थपलियाको  शुभकामना !

५ श्रावण २०८३
डा. सत्यराज थपलिया

                                                                                 शुभकामना !

संसाक अर्थात् संस्कृति, साहित्य र कलाको राष्ट्रिय मासिक, प्रेस काउन्सिल नेपालबाट ‘क’ वर्गमा वर्गीकृत हुन सफल पत्रिकाले आफ्नू उमेर १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेको छ । यसले सुरुदेखि नै फूटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याड्मिन्टन, पौडी, साकथोन, अवलोकन तथा परामर्श भ्रमण, पुस्तक तथा विशेषाङ्क प्रकाशन, स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्ने जस्ता अतिरिक्त क्रियाकलापहरू पनि निरन्तर गर्दै आइरहेको कुरा सर्वविदितै छ । विगतवर्षबाट संसाक अनलाइन संस्करणमा प्रवेश गरी प्रकाशन र प्रसारणसमेत गर्दै आइरहेको छ ।

यसैको शुभोपलक्ष्यमा सल्लाहकार, कानुनी सल्लाहकार, सम्पादक, उपसम्पादक, सहायक सम्पादक, संवाददाता, वितरक, आजीवन सदस्य, विशिष्ट सदस्यहरू, आफ्ना कविता, गीत, गजल, हाइकु, उतार, मुक्तक, कथा, लघुकथा, निबन्ध, यात्रानुभव, संस्मरण आदि लेख/रचना सुरुदेखि नै पठाउने विभिन्न विद्वान/विदुषी, कवि, लेखक, पत्रकारज्यूहरू, विज्ञापन दिएर सहयोग गर्ने सबै संघसंस्था, कार्यालय, नेपाल सरकार विज्ञापन बोर्डलगायत शिक्षक/शिक्षिका, विद्यार्थी भाइबहिनीहरू, संसाकका पाठकहरू र सम्पूर्ण शुभचिन्तकहरूमा सदाझैँ सहयोगको निरन्तरताको अपेक्षा गर्दै सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायुको साथै उत्तरोत्तर उन्नति/प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

डा.सत्यराज थपलिया
संरक्षक
संसाक मासिक
२०८३, साउन १ गते ।

प्रतिक्रिया दिनुहोस्: