लेख

विद्वत्‌रत्न प्रा.डा.गार्गी शर्माको शुभकामना !

५ श्रावण २०८३
ड़ा गार्गी शर्मा

शुभकामना !

संसाक अर्थात् संस्कृति, साहित्य र कला सम्बन्धी राष्ट्रिय मासिक पत्रिका । प्रकाशन शुरु भएको धेरै भएको छैन, तापनि नेपाली भाषा, साहित्य, संस्कृतिमा यसको देन उच्च रहेको छ । ‘संसाक सबैका लागि र सधैंका लागि’ भन्ने यसको मूल आशय हुनाले यसमा साना स्कुले नानीहरूदेखि सुप्रसिद्ध साहित्यकारहरूसमेत सबैलाई यसको आँगन खुल्ला छ, चाकडी चाप्लुसी कसैको केही गर्नुपर्दैन । स्कुले विद्यार्थीहरूका लागि अहिले झन् एउटा नवीन वातावरण प्रस्तुत गर्न संसाक अघि बढिरहेको छ । विभिन्न स्कुलका छात्रछात्राहरूलाई साहित्यकारहरूसँग साक्षात् भेट गराएर अन्तरङ्ग बहस गर्न प्रोत्साहन दिने गरेको छ । छात्रछात्राहरू पनि यसरी लेखक, कविहरूसँग भेट गरेर के लेख्नुहुन्छ ? कसरी लेख्नुहुन्छ ? अरू के के काम गर्नुहुन्छ ? जस्ता प्रश्नहरू गर्छन् । यसरी जान्न, बुझ्न पाउँदा बाल संसार पनि रमाइलो हुने रहेछ ।

संस्कृति, साहित्य र कला एक अर्काका पूरक हुन् । यसकारण बेलाबेला हाम्रो सांस्कृतिक पर्व अनुरूप विभिन्न मठ, मन्दिर जाने, तिनको बारेमा बुझ्ने साथै विभिन्न चाडपर्व मनाउँदै कविता पाठमा भाग लिने चलन यस पत्रिकाले चलाएको छ । जस्तै असार १५ मा पौडी खेल्दा दही–चिउरा खाने, अनि कविता वाचन गर्ने, साउनमा गाउँघरका गोठ हेर्ने, कविता वाच गर्ने र खीर खाने, तिहारमा पनि भैली खेल्ने आदि रीतिरिवाज मान्ने यस पत्रिकाको राम्रो सांस्ककृतिक पक्ष हो ।

यति मात्र हैन, यसको महत्वपूर्ण योगदान सबैले उपभोग गर्न पाऊन् र भाग लिन सकून् भन्ने उदेश्यले डिजिटल पत्रिका पनि सञ्चालन गरी संसाकको स्तरोन्नति गर्न दृढ सङ्कल्पित सम्पादक तथा प्रकाशक उमेश पाण्डे अहोरात्र लागिरहनुभएको छ । साहित्यिक पत्रिका कमाइ खाने भाँडो होइन, मात्र भाषा, साहित्यको सेवा गर्ने भाँडो हो । यसर्थ सामान्य जनस्तरबाट विगत १३/१४ वर्षदेखि अनवरत रूपमा चलाइरहनु सामान्य कुरो होइन, तर पनि उमेश पाण्डेको लगनशीलताले यसरी नै सफलताको चुली चुम्दै जाओस् र यसले संस्कृति, साहित्य र कलामा देश र जनता ब्यूँझाउन निरन्तर लागि रहोस् भन्ने कामना गर्दछु ।

विद्वत्‌रत्न प्रा.डा.गार्गी शर्मा
सल्लाहकार
संसाक मासिक
२०८३, असार २५ गते ।

प्रतिक्रिया दिनुहोस्: