शुभकामना !
टोखा नगरपालिका, गोँगबुँबाट प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘संसाक’ आफ्नो अनवरत यात्राको १४ औँ वर्षमा प्रवेश गर्दै छ । यस सुखद यात्राका लागि यसका सम्पादक/प्रकाशक कवि उमेश पाण्डेलगायत कार्यसमूहलार्ई म हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु ।
संसाक मासिकमा विधागत रचनाहरूका अतिरिक्त कला, संस्कृतिसँग सम्बन्धित सामग्री, अन्तर्वार्ता, अनुभूति र साहित्यिक गतिविधिको विवरण निरन्तर प्रकाशनमा आइरहेका छन् । स्थापित र नवोदित प्रतिभाहरूलाई यथोचित स्थान दिनाका साथै विद्यालय तहका विद्यार्थीहरूसँग साहित्यकारहरूको अन्तर्क्रिया गरी तदनुकूल सामग्री संसाकले उल्लेख्य रूपमा प्रस्तुत गरिरहेको छ । निरन्तर प्रकाशन, पठनीय सामग्री सङ्कलन र समुचित वितरण प्रणालीका कारण ‘संसाक’ मासिक सबैको चासोको विषय बन्दै आएको छ ।
म यसको नियमितता र स्तरीयताको अपेक्षा गर्दै पुनः उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
डा.शैलेन्दुप्रकाश नेपाल
सल्लाहकार
संसाक मासिक
२०८३, असार २७ गते ।


प्रतिक्रिया दिनुहोस्: