लेख

रत्नप्रसाद अनामणिको शुभकामना !

५ श्रावण २०८३
रत्नप्रसाद अनामणि श्रेष्ठ

                                                                                          शुभकामना !

साहित्य, संस्कृति र कलाको संवाहक बनेर निरन्तर १३ वर्षको सृजनात्मक यात्रा पार गर्दै, २०८२ साउनको १५८ औँ अङ्क वार्षिक विशेषाङ्कको रूपमा प्रकाशित हुन लागेको ‘संसाक’ मासिक पत्रिकाका सम्पूर्ण स्रष्टा, पाठक, शुभेच्छु, विज्ञापनदाता र समर्पित सम्पादक परिवारलाई हार्दिक बधाई एवं शुभकामना प्रकट गर्दछु ।

‘संसारलाई बुझ्ने साँचो भनेको संस्कृति हो, अनि आत्मालाई छुन सक्ने कलम भनेको साहित्य हो, यी दुईलाई चम्काउने भनेको कला हो ।’ यिनै साधनमार्फत समाजलाई उज्यालो र चेतनाको ज्योति दिँदै आएको संसाकले नेपाली साहित्यिक पत्रकारिता र सांस्कृतिक अभिव्यक्तिको क्षेत्रलाई समृद्ध बनाउँदै आएको छ । यस यात्राले मौलिकता, विविधता र समकालीन पक्षलाई पनि सशक्त रूपमा प्रस्तुत गर्दै आएको छ ।

समाज परिवर्तनका संवेदनशील संवाहक हुन्‌– लेख, कविता, चित्र र विचार । ती सबैलाई आत्मसात् गर्दै, ‘संसाक’ आज एक विशिष्ट स्थानमा उभिन सफल भएको छ । यस सफल यात्राका लागि सल्लाहकारको नाताले गर्व गर्छु र आगामी दिनमा अझ नयाँ उचाइ हासिल गरोस् भन्ने शुभेच्छा राख्दछु ।

साहित्य, संस्कृति र कलाको यो दीप निरन्तर जलिरहोस् । नयाँ सृजनाका उत्सवहरू यस पत्रिकामा फुलिरहून् भन्ने हार्दिक शुभकामना ।

रत्नप्रसाद अनामणि श्रेष्ठ
सल्लाहकार
संसाक मासिक
२०८३, असार ३१ गते ।

प्रतिक्रिया दिनुहोस्: