संसाकलाई शुभकामना !
२०७० साल साउनबाट सुरु भएको संसाक मासिक प्रकाशनको यात्राले विभिन्न आरोह–अवरोह पार गर्दै १३ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । हामी यसको वार्षिक उत्सव भव्य र सभ्य रूपमा मनाउँदै छौँ । साउन अङ्क विशेष निकाल्न लागेका छौँ । यो हाम्रो लागि अत्यन्तै खुशीको कुरा हो । यस उपलक्ष्यमा संस्थालाई हार्दिक शुभकामना व्यक्त गर्दछु । जस्तोसुकै कठीन परिस्थितिमा पनि कति विचलित नभइकन संस्थालाई यो स्थानसम्म ल्याउन सफल हुनुहुने सम्पादक/प्रकाशक उमेश पाण्डेलाई हार्दिक नमन व्यक्त गर्दछु ।
संस्कृति, साहित्य र कलाको त्रिवेणी यो संस्थाले साहित्यिक सिर्जनाहरू त छंदै छ यसका साथै समाचार पनि प्रकाशित गर्दै आएको छ । नयाँलाई अवसर र अग्रजहरूलाई निरन्तर सम्मान गर्दै आएको छ । यसपटक पनि सम्मानित हुनुहुने स्रष्टाहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यस्ता सम्मान र पुरस्कारले सर्जकहरूमा हौसला थपिने छ भन्ने मलाई लाग्दछ ।
नयाँ उर्जा र शक्तिले स्रष्टाहरूको विचारहरूमा नयाँ र परिस्कृत भावनाहरू जन्मिनेछन् । सृजनामा नविनता ल्याउनेछ । लेखनीले गतिशीलता पाउनेछ ।
कुनै पनि संस्था एकल प्रयासले मात्र अघिबढ्न सक्दैन । हिमाल–पहाड–तराई ,पूर्व–पश्चिम सबैतिरको सामुहिक प्रयास, सहयोग, सद्भभाव र मायाले नै यो संस्था यहाँसम्म आइपुगेको हो । त्यसको लागि हामी सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ । आगामी दिनमा पनि यस्तै प्रेम र सद्भभाव निरन्तर मिल्नेछ भन्ने अपेक्षा राखेका छौँ ।
संस्थाले अझै नवीन उर्जा थप्न सफल होस् । नेपाली साहित्य र तिनका सर्जकहरूले फुल्ने र फैलने मौका पाइरहून् । संस्थाको अझै थप प्रगति हुँदै जाओस्, यही कामना गर्दछु ।
भवानी मैया पन्त
उपसम्पादक
संसाक मासिक
२०८३, असार २९ गते ।


प्रतिक्रिया दिनुहोस्: